घर

घर त केहि समयलाई मात्र आफ्नो भनिने रैछ
केहि समय पछि त्यहि घर गन्तव्य बन्दो रैछ
केहि समय पछि जे सुकै अरु नाम दिउँ
तर त्यसलाई घर चाहिँ नभनिँदो रैछ
आफ्नो नभनिँदो रैछ
घर जिवनको केहि कालसम्म मात्र भनिँदो रैछ
अनि केहि कालपछि फेरि घर भन्नकै लागि
नयाँ ठाउँ नयाँ परिवेश खोजिँदो रैछ
घरभरिका घर भनेर आभास दिने हर चिज
घरको आभास दिने हर मान्छे छोडिँदो रैछ
घर भन्नकै लागि नयाँ मान्छे खोजिँदो रैछ
घर भन्नकै लागि नयाँ सामान जोडिँदो रैछ
कहिले, घर एकै ठाउँ नबस्दो रैछ
कहिले, मान्छे एकै ठाउँलाई घर नभनिरहँदो रैछ
कहिले, घरमा एकै मान्छे नबसिरहँदो रैछ
कहिले, घरले नै "तिम्रो घर सर्यो" भन्दो रैछ
घरले नै "मेरो घर" भन्ने मान्छे फेर्दो रैछ
हरेकलाई भिन्न कालमा भिन्न घरले घेर्दो रैछ
भिन्न आभास, आकार, रङ्ग,  घर त सर्दो रैछ
घरले मान्छे फेर्दो रैछ, मान्छेले घर फेर्दो रैछ।

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन