टाढै बस मन
ज्यान सिरिङ्ग हुन्छ, भित्री मुटुमै छुन्छ
तिम्रा शब्दको बहावसँगै बहकिन्छु म
अनायास रोकिन्छु, अनि रोकिदिन्छु मन
यसलाई त ढुङ्गा बन्नु छ
अहँ हुन्न, ढुङ्गालाई ममताले कहाँँ छुन्छ
मायामै सबै समस्याको हल हुन्छ रे
झुट हो सब, धेरै समस्या त माया भित्रै हुन्छ
टाढै बस मन, तिमलाई त ढुङ्गा बन्नु छ
मैले देख्या छु, मायामा मन छिया छिया हुन्छ
Comments
Post a Comment