समय सहि थियो
सोँचेको थिइनँ कहिले
ढिलो, छिटो या अहिलेई
तिमी भेटियौ कि यसरी
भेटको समय सहि थियो।
हराएको थिएँ कतै
खोज्दै थिएँ जाने ठाउँ
तिमी मै पुगेर रोकिएँ
मनले गन्तव्य भेटेको थियो।
यस्तो, त्यस्तो या कस्तो
सोँचेको थिइनँ गुणहरु
तिमीलाई पाएर थाहा पाएँ
कि सधैं तिम्रै खोजी थियो।
थाकेका थिए यि हात
तिमीले समयमै थामिदियौ
आइपुग्यौ तिमी कि यसरी
आउने समय सहि थियो।।
Comments
Post a Comment