अब त्यो बचपन रहेन

यति गह्रौं यो आकाश बचपनमा थिएन
यति महङ्गो यो गाँस बचपनमा थिएन
शुन्य कुनै दिन या रात बचपनमा थिएन
यति भयानक यो वर्षात बचपनमा थिएन।

आमाले चपाएर दिने खानाको स्वादै बेग्लै थियो
बाबाले कमाएर दिने घाँगर प्यारो बिछट्टै थियो
राजकुमारी थिएँ, शिरमा बोझ रित्तै थियो
चार पर्खालले घेरेको मेरो घर स्वर्गै थियो।

किताब थिए, अक्षर थिए, कहानी बस् कहानी थिए
सुन्दर विशाल महल थिए, खुसी राजा रानी थिए
रात थिए, रातमा निँद साथमा थिए, आशुले नभिजेका सिरानी थिए
जस्तै तुषारे पुसमा पनि बिउझिँदा न्याना बिहानी थिए।

चिसा होउन् हात पाउ, मनमा चिसो ओश थिएन
झोला हुन्थ्यो, खेलौना हुन्थ्यो, काँधमा जिम्मेवारीको बोझ थिएन
बिहानी बेलुकीको मिठो भोजन, स्रोतको कुनै खोज थिएन
क्षणिक बाहिरी घाउ हुन्थ्ये, मनमा बिझाउने चोट थिएन।


यात्रा सधैँ सुनौलो थियो, पाइला पाइलामा डोह्र्याउने हात थियो
सन्चो आराम रहन्थ्यो ज्यान सधैँ, श्वास फेर्न राहत थियो
असम्भव केहि लाग्थ्येन, संसार नै जित्ने साहस थियो
आँधी हुरी आउँथ्येन, जिन्दगीमा सफा आकाश थियो।

यति गह्रौं यो आकाश बचपनमा थिएन
यति महङ्गो यो गाँस बचपनमा थिएन
शुन्य कुनै दिन या रात बचपनमा थिएन
यति भयानक यो वर्षात बचपनमा थिएन।।

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन