एक जोर कान होस् सुनिदिने...

भिडमा एक्लो महसुस गरेको छौ कहिल्यै?
कहाँ हो कहाँ दुखेर आउँछ
भक्कानो फुटेर आउँछ
मनभित्र कालो बादल छाउँछ
कसको हो कसको यादले सताउँछ
चुपचाप चुपचाप ओठ
दिमागमा सोँचहरुको आँधी आउँछ
मनले पुरै भन्छ
मुखमा वाक्य आधा आधी आउँछ

बिना बादल मनले असिना झरि ल्याउँछ
ओँठमा मुस्कान भइरहँदा
आँखामा आँशु गहभरी आउँछ
दिमागमा विचार मनपरी पलाउँछ
विश्वासिलो घेराभित्र मन झन् डराउँछ
लाग्छ मिर्मिरे बिहानी आउनेछ छिट्टै
जहाँ एउटा सुर्य अस्ताउँछ

सुनाउने आँट अनि एक जोर कान होस् सुनिदिने
एकाएक आशाको दियो भर्भराउँछ
एक थान काँध होस् आँशु बिसाउन
मलिन एउटा जिन्दगीको ओश ओभाउँछ
सधैँ झैँ मिर्मिरेमा नयाँ दिन उदाउँछ
एक जोडि ओँठमा फेरि जुन चल्मलाउँछ
ति हातले डोरी छोडेर नयाँ आयाम समाउँछ
फेरि पनि त्यो मुहारमा मुस्कान रमाउँछ
तिम्रो सानो प्रयासले एउटा जीवन उदाउँछ।।

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन