तिमी र म, हामी हुनु नै खास

तिमी र म, हामी हुनु नै खास
तिम्रो श्वास, तिमी हुँदाको आभास
हरेक वाणी, हर स्पर्शको मिठास
तिमीले खन्याएको सागर, अनि अतृप्त यो प्यास
समयको परिबन्ध, अनि मायाले जगाएको आश
छुट्नु पर्ने त्रास, अनि फेरि भेट्ने विश्वास
सँगै नहुँदा साथ दिने मिठा सम्झनाको ह्रास
पक्का गरि यो मुटुमा तिमीले बसाएको बास
तिमी र म, हामी हुनु नै खास।।

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन