लौ न

तिमी हाँस्दा सँगै हाँस्ने तिम्रा आँखा
होस उडाउने मनै उडाउने तिम्रो भाका
के नशा चढायौ तिमीले यो मलाई
बस् आइदेऊ, यो मनलाई त्यो मनमा राख
लौ न पागल हुँदै छु तिम्रो भाकाले
के तीर चलायौ घायल हुँदै छु तिम्रो मायाले
सपनीको भेट नि कत्ति प्यारो
कस्तो होला तिमीलाई बिपनीमा छुँदा
यो दुरी मेटिदेऊ, तिमी बिना गाह्रो अत्ति गाह्रो
केहि चाहिन्न अरु, दुनिया रंगीन तिमी छेउ हुँदा
लौ न आऊ, नसताऊ, प्रतिक्ष्या तिम्रै साथको
वैरी तकदिरको के भर, कोरौं हामी रेखा यी हातको
समयलाई रोकेर हामी दुनियाको शयर गरौंला
धड्कन बढोस्, मनमा बसन्तको आँधी आउन देऊ
मेरो अधुरो जीवन तिम्रै आगमनले भरौंला
थामीदेउ यी हातहरु, म बसुँ तिम्रै कलेजी छेऊ
लौ न पागल हुँदै छु तिम्रो भाकाले
के तीर चलायौ घायल हुँदै छु तिम्रो मायाले

Comments

Popular posts from this blog

तिमी गएको निकै वर्ष भयो

It's Not Just A Call

टाढै बस मन