Hey
बिहान आँखा खुल्नासाथ मोबाइल हेर्याथ्येँ, उस्ले अगिनै उठेर नि मलाई गुड मर्निङ्ग मेसेज पठाको रैछ, अन्त्यमा एउटा रातो पान राखेर, मुस्कुराउँदै उठेँ। सुत्नु अघिको कुराकानी सम्झना आयो:
"निन्द्रा लाग्यो, सुत्छु है?"
"ल ल सुत"
"रिसाकी हौ र?"
"छैन, किन रिसाउनु"
"अनि खै त गुड नाईट?"
"भन्नै पर्ने हो र"
"त्यती नसुने निन्द्रा लाग्दैन फेरि मलाई"
"आलु, जाऊ सुत, शुभरात्री"
"यति भएसी बल्ल ढुक्कले निदाउँछु म, गुड नाईट"
म फेरि मुस्कुराएँ।
उसको र मेरो इनबक्स खोलेर, मोबाइलको स्क्रिन तल माथि गर्दैछु, सुनसान छ। एउटा हेलो मेसेज आएनी खुसीले कत्ति उफ्रिन्थ्येँ होला। दिक्क लाग्दो कति कुर्नु, याक्टिभ नाउ भन्या बेला "hello" भनेर पठाईँदिएँ। डेलिभर्ड। एक शब्दको मेसेज, खोल्ने कष्ट समेत गर्न परेन उसलाई। जाबो हेल्लो मेसेज त हो, रिप्लाई नि आएन। आश नि मर्यो अब त। सायद अलि धेरै व्यस्त भएर होला। या त उसको मेसेज बक्समा मेरो नाम अल्लि तल पुगेर होला, उसले भुलेको।
निक्कै समय भयो अब त, के म पनि भुलिदिउँ? यसैमा मेरो भलाई छ, सायद।
धेरैमा नयाँ प्रोफाइल पिक्चर अप्डेट गरेँ आज। अचानक वाउ रियाक्सन आयो उस्को अनि… अनि "Hi" मेसेज पनि। खुसिले आत्तिएछु। के गरुँ? अहँ धेरैबेर सोचिनँ। "Hey" मैले रिप्लाई गरेँ। बिर्सेको छैन रैछ, फोटो देखेरै सही, याद त आएँ नि म उस्लाई।

Comments
Post a Comment