ठट्टा थिएन
कुरा नहुँदा
तिमीसँग, हरेक पल आत्तिएर मिनेट मिनेट गनेकी थिएँ
“तिमी आउने
प्रतिक्ष्यामा थ्यें”, ढाँटेकी थिईनँ, मैले साँच्चै भनेकी थिएँ।।
हात मिलाउँदाको
स्पर्श नि कति प्यारो, लाग्थ्यो हात कहिल्यै नधोई राखूँ
तिमीलाई अनि मात्र तिमीलाई
भनि साँचेर म आफैँलाई नि नछोई राखूँ।।
साथी साथी भन्थ्यौं
हामी, कल्पनामा त म कता कता हराएकी थिएँ
थामेर राखेकी थिएँ
मनलाई, यो मधुर मित्रता नि मेटिएला भनि डराएकी थिएँ।।
कति राम्रा तिम्रा
आँखा, धेरै वाक्य यही एउटैमा समेटेकी थिएँ
भन्छु भनेर
लेखिसकेका मेरा भावना, तिमीसम्म नपुग्दै मेटेकी थिएँ।।
यो, त्यो अनि अरु खै
के के भुल्थ्यें, दिमागले नै षट्केकी थिएँ
मनका कुरा तिमीलाई
पोख्दा पोख्दै धेरै पटक अड्केकी थिएँ।।
ठट्टा थिएन, मेरो
दिनमा उज्यालो तिमीले नै भरेको थियौ
ठट्टा थिएन, मलाई
तिमी साँच्चै मन परेको थियौ।।
बल्ल तल्ल आँट गरेर
तिमीलाई सब थोक भनेकी थिएँ
हाँसै हाँसोमा टारीदियौ
कुरा,
तिम्ले सोच्यौ मैले ठट्टा मात्र गरेकी थिएँ।।
तिम्ले सोच्यौ मैले ठट्टा मात्र गरेकी थिएँ।।
Comments
Post a Comment