Posts

Showing posts from April, 2021

तिमी गएको निकै वर्ष भयो

तिमी गएको निकै वर्ष भयो, आउँछु भनेर नआएको पनि निकै वर्ष भयो, एकअर्कालाई नदेखेको निकै वर्ष भयो, चित्रमा त चिन्छौँ हामी, यत्तिका वर्षपछि भेट्यौँ भने, आमनेसामने भयौँ भने, मलाई तिमी, तिमी जस्तो अनि तिमीलाई म, म जस्तो लाग्छ कि लाग्दैन होला?