ऊ लेखिरहेकी थिई केहि...
ऊ लेखिरहेकी थिई केहि। सधैँ केहि न केहि लेखिरहन्थि। कुन खानेकुरा खाँदा के हुन्छ, कुनै परिकार कुन विधिबाट पकाउनु पर्छ, कुन व्यायाम गर्दा के हुन्छ। यस्तै यस्तै। कविता पनि लेख्दि हो सायद। आज पनि त्यस्तै केहि लेखिरहेकी होलि। सधैँ झैं मलाई औषधि समयमै खुवाई उसैले। खाना पनि आफैं पकाउँछु भनि। आज त गीत बजाएर नाची पनि। खै आज के कुरामा हो निक्कै खुसि देखिन्छे। सबै आ-आफ्नै सुरमा थिए, उसैलाई मात्र देखिनँ। खुसिको झोंकमा अब फेरी के गर्न लागी कुन्नि। कोठामा रैछे। ढोका बन्द गरेकी छे, के पो गर्न लागेकी छे, ढोका ढक्ढक्याऊँ नढक्ढक्याऊँ। यस्सो बोलाई हेर्छु। बोलाएँ, ऊ बोलिन। सुती कि क्या हो। दिदी सुतिछ कि क्या हो, कान्छी छोरीलाई भनेँ। ऊ पनि खै के गर्दै थिई, आफ्नै सुरमा थि। एकछिनमा ढोका ढक्ढक्याएँ, खोलिन, र बोलिन पनि। अझै जोरले बोलाएँ, आवाज आएन। कान्छी र छोरोलाई भनेँ। सबै जना आत्तिन थाल्यौँ। धेरै बेर भयो, मन झन् धेरै आत्तियो। यस्तो कहिल्यै गर्दिनथि। तीनै जनाले जोर लगाएर ढोका धकाल्यौँ। खुल्यो। ऊ अगाडी नै थिई। पंखामा। लट्किरहेकि। खाटमा थियो त्यही उसैले लेखिरहेक...